राम आधार साह सचिवमा बढुवा  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राम आधार साह सचिवमा बढुवा 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सरकारले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ ।

आइतबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 

यसअघि नै पहिलो नम्बरमा सिफारिस भए पनि तेस्रो नम्बरका केशव कुमार शर्माले बाजि मारेका थिए । 

सम्बन्धित समाचार : तेस्रो नम्बरका केशव कुमार शर्मा सचिवमा बढुवा

यद्यपि साहलाई निजामतीमा चर्चित खेलाडीका रूपमा चिनिन्छ । 

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस