संसदीय दलको कार्यालय व्यवस्थापन गर्न कर्मचारीलाई  भ्याइनभ्याइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय दलको कार्यालय व्यवस्थापन गर्न कर्मचारीलाई  भ्याइनभ्याइ


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचनको अन्तिम परिणाम आएसँगै प्रदेश १ मा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको तयारी थालिएको छ । 

प्रदेशसभा बैठक बस्ने सभाहलमा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्नेसम्मको तयारीमा कर्मचारी सक्रिय भएका छन् । यतिबेला संसदीय दलको कार्यालय व्यवस्थापन गर्न र उनीहरू बस्ने ठाउँ मिलाउन सचिवालयका कर्मचारीलाई  भ्याइनभ्याइ छ । 

प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, प्रमुख विपक्षी दलका नेता, विपक्षी दलका नेता, मुख्यमन्त्रीको कार्यकक्ष र सत्तापक्षीय दलको कार्यालय व्यवस्थापनको काम सुरु गरिएको छ । अहिले सचिवालयमा कुर्सी, टेबुल, सोफासिट मिलाउनेदेखि रङरोगनको काम भइरहेको छ ।

निर्वाचन आयोगले मंसिर २६ गतेसम्म निर्वाचन प्रक्रियाका सबै काम सम्पन्न भइसक्ने जनाएको छ । 

प्रदेशमा ५६ सांसद प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमा निर्वाचित भएका छन् । प्रदेशसभा सचिवालयले जनाएअनुसार सभा सञ्चालन गर्ने र सांसदहरूको कार्यालय व्यवस्थापनको काम तीव्र रूपमा चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस