नेकपा एस कर्णालीको समानुपातिकमा कल्याणी खड्का सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एस कर्णालीको समानुपातिकमा कल्याणी खड्का सिफारिस


२३ मंसिर २०७९, शुक्रबार


सुर्खेत । कणाली प्रदेशमा एक सिट पाएको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सांसदको नाम टुंगो लगाएको छ ।

यस प्रदेशमा नेकपा एसले रुकुमपश्चिमको चौरजहारी नगरपालिका निवासी कल्याणी खड्काको नाम सिफारिस गरेको हो ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका निवासी खड्का अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् । रुकुमकी पार्टी उपाध्यक्ष समेत रहेकी उनी खस आर्य महिलातर्फ एक नम्बर सूचीमा थिइन् ।

पार्टी उच्च स्रोतका अनुसार उनको नाममा हिजै आयोगमा सिफारिस गरिएको छ । पार्टीमा बरुनाथ योगीलाई समानुपातिक कोटाबाट सांसद बनाउनु पर्ने माग उठेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस