बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


२३ मंसिर २०७९, शुक्रबार


धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवर्दुगा गाँउपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।

जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस