गुजरातमा भाजपादुई तिहाइ नजिक, हिमाञ्चलमा काँग्रेस आईको बहुमत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुजरातमा भाजपादुई तिहाइ नजिक, हिमाञ्चलमा काँग्रेस आईको बहुमत


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।

अहिलेसम्मको परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । काँग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।

२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।

भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । यस्तै सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काँग्रेस सरकारले विधानसभामा हासिल गरेको एक सय ४७ को उच्च चुनावी कीर्तिमानलाई पनि तोड्ने देखिएको छ । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ ।

यस्तै हिमाञ्चल प्रदेशमा पनि चुनावको मतगणना भइरहेको छ । हिमाञ्चलमा भने काँग्रेस आईको बहुमत आउने पक्का भएको छ । ६८ सिटमध्ये काँग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । हिमाञ्चलमा आम आदमी पार्टी शून्यमा रहेको छ । हिमाञ्चलमा सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ४४ सिट जितेको थियो भने काँग्रेसले २१ सिट जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस