प्रधानमन्त्री देउवा भोलि धनगढी जाँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा भोलि धनगढी जाँदै


२१ मंसिर २०७९, बुधबार


Ser-Bahadur-Deuba

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) कैलालीको धनगढी जाने भएका छन् ।

मंसिर-४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी जान लागेका हुन् ।

धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औँ संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी-१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको बताइएको छ । 

कैलाली उद्योग वाणिज्य सङ्घले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस