सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूको धर्ना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूको धर्ना


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधवार जबरालाई निलम्बन फुकुवाको पत्र दिए लगतै जबरा सर्वोच्च फर्किने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस