८ निर्माण व्यवसायीसँग पुन: सातदिने स्पष्टीकरण माग(सूचनासहित) : « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

८ निर्माण व्यवसायीसँग पुन: सातदिने स्पष्टीकरण माग(सूचनासहित) :


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरण मागिएकाहरूमा हेटौँडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौँका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौँडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन् ।

त्यस्तै, बानेश्वर–१० काठमाडौँको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रवीन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तीनकुने काठमाडौँका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगन्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

उनीहरूको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस