देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम ६.८ डिग्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम ६.८ डिग्री


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौँको तापक्रम पनि लगातार घट्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम् तापक्रम ६.८ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

मौसमविद्हरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै हुन्छ । हाल पहाडी भूभागमा आंशिक बदली छ ।

Tags :
प्रतिक्रिया दिनुहोस