भुवन केसीले विकास बोर्डको अध्यक्षमा कामकाज गर्न पाउने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भुवन केसीले विकास बोर्डको अध्यक्षमा कामकाज गर्न पाउने


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भएका छन् ।

उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ३० मा उनलाई विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि लामो समय सुनुवाइ रोकिएको यो रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो ।

यो आदेशसँगै केसीले विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको केसीको तर्फबाट बहस गरेका कानुन व्यवसायीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस