दोलखा-१ मा कुन्दन काफ्लेको जित सुनिश्चित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दोलखा-१ मा कुन्दन काफ्लेको जित सुनिश्चित


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । दोलखाबाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा प्रदेश सभा १ मा काँग्रेस उम्मेदवार कुन्दन काफ्लेको जित सुनिश्चित भएको छ । 

अहिलेसम्म गौरीशङ्कर, जिरी र मैलुङ, तामाकोशीका सबै तथा बैत्यश्वर गाउँपालिकाका १, ३, ४ र ६ नम्बर वडाको मतगणना सकिएको छ । 

यी मतगणना हुँदा काफ्लेले २० हजार ८५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नर श्रेष्ठले १३ हजार ६ सय ४६ मत पाएका छन् । 

अब बैत्यश्वरका २ र ५ नम्बर वडाको मतगणना बाँकी छ । काफ्लेले लिएको अग्रताभन्दा गणना गर्न बाँकी मत कम रहेकाले काफ्लेको जित सुनिश्चित भएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस