४ हजार बढी प्रहरी दरबन्दी थप्ने प्रस्ताव अर्थमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४ हजार बढी प्रहरी दरबन्दी थप्ने प्रस्ताव अर्थमा


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दरबन्दी थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । सशस्त्रमा ४ हजार २ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

कुन दर्जामा कतिवटा पद थप्न प्रस्ताव गरिएको छ, भन्नेबारे खुलाइएको छैन । सशस्त्रमा दरबन्दी थप्ने प्रस्ताव गृहबाट अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयबाट सहमति आएपछि मन्त्रिपरिषद्मा पेस हुने बताइएको छ । 

सशस्त्र प्रहरीमा अहिले ३६ हजार भन्दाबढी दरबन्दी कायम छ । दरबन्दी थोरै हुँदा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरूको वृत्ति विकास लामो समयदेखि रोकिएको छ । तल्लो दर्जामा पनि बढुवा जाम भएको सशस्त्रका अधिकारीहरूको भनाइ छ । 

यता सशस्त्रमा ४ वटा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पद रिक्त छ । रिक्त पदमा बढुवा प्रक्रिया शुरु गरिएको छैन । 

डिआइजीमा रिक्त ४ सिटमा बढुवा हुन सिसम-१ र सिसम-२ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रतिस्पर्धामा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस