माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवानलाई बैतडी लैजाने तयारी  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवानलाई बैतडी लैजाने तयारी 


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । माया लुहार हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली पक्राउ परेका छन्।

बैतडीको शिवनाथ गाउँपालिका-४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले प्रशासनलाई बताए ।

प्रमुख जिल्ला अधिकारी पन्थीले भने, ‘हत्या आरोप लागेका कोली महेन्द्रनगरबाट पक्राउ परेका छन्, बाटोमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेको भन्ने खबर छ ।’

आरोपित कोलीलाई आजै बैतडी लगिने पनि उनले बताए । 

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्।

उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन्। हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार : म्यादी प्रहरी मायाको हत्यामा संलग्न आरोपमा सशस्त्रका जवान पक्राउ

सम्बन्धित समाचार : घाँटी रेटेर हत्या गरिएकी माया म्यादी प्रहरी, हत्यामा संलग्न प्रहरी जवानको पहिचान 

Tags :
प्रतिक्रिया दिनुहोस