सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादीको निर्णय « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादीको निर्णय


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको उनले बताए।

यस्तै माओवादीका महासचिव देव गुरुङले अपेक्षा अनुसार सिट नआएको विषयमा छलफल प्रवेश भएको बताए। सरकार निर्माणका सन्दर्भमा गठबन्धनकै नेतृत्वलाई प्राथमिकता दिँदै अन्य दलसँग पनि छलफल गर्ने निष्कर्ष रहेको उनले बताए।

चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ। पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस