दोलखाको प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा सत्ता गठबन्धनको अग्रता कायमै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दोलखाको प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा सत्ता गठबन्धनको अग्रता कायमै


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा अग्रता बनाएको छ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राख्दा प्रदेशमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन्। 

निर्वाचन आयोगका अनुसार  गणना भएको १७२७२ मत मध्ये कार्कीले ७ हजार ९९५ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ७ सय २९५ मत ल्याएर अग्रता छोट्याइरहेका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले ६६२ मत पाएर पछ्याइरहेका छन्।

यस्तै प्रदेश सभातर्फ दुबैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।  प्रदेश-१ तर्फ नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले ७६६५ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले ६६६९ मत ल्याएका छन्।  यहाँ १६२८६ गणनामा राप्रपाका रामबहादुर तामाङले ७५० मत पाएका छन्।

यस्तै प्रदेश-२ को प्रत्यक्षतर्फ पनि नेपाली काँग्रेसले अग्रता लिएको छ। यहाँ कांग्रेसका बर्मा लामाले ८३०५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भरतबहादुर केसीले ८२५५ मत ल्याएका छन्। १८२०५ गणनामा राप्रपाका राजनबहादुर सिवाकोटीले ३४७ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस