दार्चुला व्यापारी हत्याका आरोपी सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दार्चुला व्यापारी हत्याका आरोपी सार्वजनिक


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका-४ का नरसिंह विष्टको हत्यामा सङ्लन रहेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। मंसिर ३ गते भएको हत्याका आरोपी सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

चुनावमा मत हाल्न गाउँ गएका वेला नरसिंहको निर्वाचनको अघिल्लो रात हत्या भएको थियो। हत्या भएको ६ दिनपछि स्थानीयले शव उठाएका थिए। जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजमार्फत आरोपी दीपकलाई सार्वजनिक गरेको हो।

१० वर्षदेखि सदरमुकाम खलङ्गामा होटेल व्यवसाय गर्दै आएका दीपक मतदानका लागि गाउँ गएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृतक नरसिंह र आरोपी दीपकले मदिरा सेवन गरेका वेला विवाद भएको पाइएको छ। तिंकर सडक खण्डमा दुवैबीच मदिरा सेवन गरेको अवस्थामा विवाद हुँदा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको स्विकारेको शाहीले बताएका छन्।

आरोपीमाथि प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस