अधिकृतले मताधिकार कुण्ठीत गर्न खोजेको भन्दै पुनः मतदानको माग, निर्वाचन कार्यालयलाई पत्र  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अधिकृतले मताधिकार कुण्ठीत गर्न खोजेको भन्दै पुनः मतदानको माग, निर्वाचन कार्यालयलाई पत्र 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । कास्कीको एक निर्वाचन केन्द्रमा पुनः मतदानको माग गरिएको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको हो । 

नेपाली काँग्रेसका वडा सभापति अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रका वडा अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यालयलाई पत्र लेखेर पुनः मतदानको माग गरेका हुन् । 

पत्रमा लेखिएको छ, ‘सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपुर्जा र नागरिकता प्रमाण पत्रको प्रतिलिपिका आधारमा यस निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदन बहादुर केसीसँग मतदानका विषयमा आवश्यक छलफलका नगरी पार्टी प्रतिनिधीहरुलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको छ ।’ ​

उनीहरूले ती मतदान अधिकृतलाई कारबाहीको माग समेत बेवास्ता गरेको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस