आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन्। 

वाम-लोकतान्त्रिक गठबन्धनले सुर्खेतको गुर्भाकोट नगरपालिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका हुन्।

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको उनको भनाइ छ। ‘यो गठबन्धन अबको १५–२० वर्षसम्म कायम रहन्छ,’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने छ।’ संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकोमा उनको जोड छ।

एमाले अध्यक्ष ओलीको अहङ्कारले कम्युनिस्ट आन्दोलनमा कलङ्क लागेकाले पार्टी एकता भङ्ग भएको मात्र नभई देश प्रतिगमनमा गएको अध्यक्ष प्रचण्डले बताए। ‘केपी ओलीमा अहङ्कारको उदय भएका कारणले गठबन्धन भएको हो,’ उनले भने, ‘अब ओलीसँग सहकार्य कहिल्यै पनि हुँदैन।’ 

Tags :
प्रतिक्रिया दिनुहोस