सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महाहंसले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस