भक्तपुरबाट भन्सार छलीका दुई गाडी बरामद, कारोबारमा संलग्न एक पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भक्तपुरबाट भन्सार छलीका दुई गाडी बरामद, कारोबारमा संलग्न एक पक्राउ


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । भक्तपुरबाट प्रहरीले भन्सार छलेर ल्याएका दुई वटा गाडी बरामद गरेको छ । भन्सार छलीको गाडी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-९ पलाँसे घर भएका २६ वर्षीय रविन ओझा छन् । पलाँसेबाट प्रहरीले टोयोटा कम्पनीको ‘इटिअस’ कार र सुर्यबिनायक-८ आदर्शचोकबाट फोर्ड कम्पनीको ‘इकोस्पोर्ट’ जिप बरामद गरेको छ । दुवै गाडीबारे थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले का प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । ।

Tags :
प्रतिक्रिया दिनुहोस