छठ पूजा हेर्न जाँदा छुरा हानी हत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छठ पूजा हेर्न जाँदा छुरा हानी हत्या


१४ कार्तिक २०७९, सोमबार


विराटनगर । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका–१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गए राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको र छुरा हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनको दाहिने कोखामा छुरा प्रहार भएको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् ।

घटनामा संलग्नको पहिचान खुल्न बाँकी रहे पनि उर्लाबारीको हाटखोलामा बस्ने च्यान्टे भनिने युवाको समूहले घटना गराएको आशङ्कामा उनीहरूको खोजी सुरु गरिएको कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस