मापदण्ड विपरीतका पेट्रोल पम्प तिहार लगत्तै हटाउने काठमाडौँ महानगरको तयारी « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

मापदण्ड विपरीतका पेट्रोल पम्प तिहार लगत्तै हटाउने काठमाडौँ महानगरको तयारी


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नक्सा विपरीत अवैध रूपमा सञ्चालित पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।

तिहार सकिए लगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले मापदण्ड पालना गरेका र नगरका पेट्रोल पम्प छनोट गर्ने काम भइरहेको बताए ।

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउने अभियान सुरु गरेको थियो । बानेश्वर क्षेत्रबाट सुरु भएको अभियान तिहारको समयमा केही दिनका लागि स्थगित भएको महानगरले जनाएको छ ।

तिहार सकिए लगत्तै बृहत् रूपमा अवैध संरचना हटाउने काम अघि बढाइने एसपी पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस