१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालबालिका भुलाउने माध्यम बन्दै मोबाइल फोन’

अ+ अ-

एक प्रकारको नसा :
आजकाल बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकहरूको लागि पनि बालबालिका भुलाउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरूका लागि एक प्रकारको नसा जस्तै बनेको छ । जसले गर्दा बालबालिकामा र आम वर्गमा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ । अनि अहिलेका बालबालिकाहरू मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।

धेरै मोबाइल चलाउँदा वयस्क भन्दा बालबालिकाको शारीरिक तथा मानसिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यान दिन जरुरी छ । बालबालिकाहरूले धेरै मात्रामा मोबाइल चलाउँदा बालबालिकाको वृद्धि विकासमा असर पार्ने गरेको बताउँछन् जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. राजेन्द्र फुलारा । उनी भन्छन् ‘पछिल्लो समयमा मोबाइल चलाउनु बालबालिकाहरूका लागि एक खालको नसा जस्तै बनेको छ । जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।’ सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्दा खुसी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा खुसी हुन्छन् बालबालिका तर लगातार मोबाइल चलाउँदा ब्रेन सुस्त हुँदै जान्छ । मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरू देखिन थाल्छन् । लामो समय सम्मको मोवाइलकाे प्रयोगले बालबालिकाको मात्र नभई वयस्कहरूलाई पनि मानसिक असर देखिने गरेको समेत डा. फुलारा बताउँछन् ।

मानसिक समस्या :
अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई भुलाउनको लागि मोबाइल दिने गरेको पाइन्छ । आफू काम गर्नको लागि भए पनि बालबालिकाहरूलाई मोबाइल दिने अभिभावकहरू धेरै छन् । त्यसैले जति सानो उमेरमा, जति धेरै मोबाइल चलायो त्यति धेरै असर भइरहेको डा. फुलारा बताउँछन् । निरन्तर मोबाइल हेरिरहँदा आँखाको दृष्टि गुम्न सक्ने, सानै उमेरमा चस्माको प्रयोग गर्नुपर्ने, राम्रोसँग हेर्न नसक्ने हुन सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर पर्छ । बिस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ, जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाइल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशन पनि हुनसक्ने सम्भावना हुन्छ, बालबालिकाका आफ्ना सिर्जित गतिविधिहरू न्यून हुन्छन् जसका कारण दिमाग तेजिलो हुन पाउन्न यस्ता थुप्रै समस्याहरू देखा पर्छन् । धेरै मोबाइल प्रयोगले साना बालबालिकाहरूलाई मात्र होइन ठुला उमेर समूहका बालबालिकाहरूलाई पनि समस्या देखिने गर्छ । मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने, एकोहोरो सोचको हुने जस्ता समस्याहरू लामो समयसम्म देखिन सक्छन् । बालबालिकाहरू प्राय एक्लै बस्न चाहने सामाजिक हुन नचाहनु पनि समस्या हो ।

शारीरिक समस्या:
बालबालिकाले सबै कुरा आफूले प्रत्यक्ष रूपमा गरेर अथवा आफू भन्दा ठुला व्यक्तिहसँग सिक्दै जाने हो । बालबालिकाको उमेर भनेको शारीरिक र सामाजिक रूपमा पनि विकास हुनुपर्ने समय हो । तर यस्तो महत्त्वपूर्ण समयमा बालबालिकाले मोबाइलको प्रयोग धेरै गर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । बालबालिकालाई मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुन पाउदैन् । हिँडाइमा समस्या हुन्छ । बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन । मोबाइल दिएका बालबालिका एकै ठाउँमा बसेर हेरिरहेका हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् । एकै ठाउँमा बसेर मोबाइल हेरेर खाना खाँदा उमेर अनुसारको तौल बढी हुने अथवा कम हुने,मोटोपनको सिकार हुने, बालबालिकाहरू सामाजिक बन्न नसक्नु, समयमा खाना नखाइदिने हुँदा बालबालिकाहरू शारीरिक रूपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जुन गतिमा बालबालिकाको विकास हुनु पर्ने हो त्यही गतिमा भएको पाईदैन् ।

मोबाइलको सही प्रयोग गर्न आवश्यक छ:
विज्ञान र प्रविधिको विकाससँगै मोबाइल प्रयोगमा आउनु राम्रो विकासको कुरा हो मोबाइलको सही प्रयोग कहाँ र कसरी गर्ने भन्ने विषयमा आम नागरिक जानकार हुन आवश्यक रहको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । नियमित मोबाइल प्रयोगका कारण बालबालिकाहरूमा पनि नकारात्मक असर पर्ने गर्छ । अहिलेको बालबालिकाहरू मोबाइल बिना केही गर्न नसक्ने भएका छन् । धेरै मोबाइल प्रयोगका कारणले गर्दा बालबालिकाहरूमा शारीरिक, मानसिक असर पर्नुका साथै सामाजिक विकृति बढ्न सक्ने सम्भावना एकातिर छ भने मोबाइलको प्रयोग नै गर्न नदिँदा अन्य बाह्य सामाजिक सञ्जालबाट सिकिने नयाँ कुराको विकासमा बाधा पुग्ने अर्को तिर देखिन्छ त्यसैले मोबाइललाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन जान्छ ।

मोबाइलको सही प्रयोग गर्न सके फाइदै फाइदा छन् त्यसैले मोबाइल कुन उमेर समूह सम्मलाई चलाउन दिने आवश्यक छ की छैन, सामाजिक सञ्जालमा मार्फत के के कुराहरू हेर्न लगाउने, सामाजिक सञ्जालमा के के कुरा लेख्न वा नपाउने, मोबाइल कसरी के प्रयोजनको लागि प्रयोग गर्ने भन्ने विषयमा आम नागरिक अभिभावक सचेत र जानकार हुन आवश्यक रहेको बताए । लामो समयसम्म मोबाइल फोनको प्रयोगले बालबालिका मात्र नभई अन्य पुस्तामा पनि दिनानुदिन समस्या देखिने गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् ।

बाल सृजनशिलता नाश हुँदै :
धेरै मोबाइलको प्रयोग गर्दा बालबालिकाहरूको आफ्नो सृजनशीलता नास भइरहेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । बालबालिकाहरूलाई खुवाउन, भुलाउन, होमवर्क गराउन निहुँमा बार्गेनिङ गरी मोबाइल प्रयोगले बालबालिकाको जिन्दगी बबार्द भइरहेको छ । सानो उमेरको बालबालिका मात्र होइन क्याम्पस स्तरमा अध्ययनरत केटाकेटीहरू प्नि मोबाइल बिना एक पटक पनि बस्न नसक्ने कक्षा कोठामा नै मोबाइलको प्रयोग गरिरहेका देखिने गरेको बताए ।

मोबाइलको प्रयोग गर्नु नराम्रो बानी होइन मोबाइलमा धेरै राम्रा कुराहरू,विषयवस्तुहरू जानकारीहरू,नयाँ खोजमूलक कुराहरू पनि छन् तर राम्रो काम भन्दा अनावश्यक कुराहरू फेसबुक च्याट गर्ने, तास खेल्ने, रातभरि खेल खेल्ने नसुत्ने गर्दा दुरुपयोग धेरै भइरहेको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए । मोबाइल फोनको सही सदुपयोग हुन नसक्दा धेरै बालबालिका र युवाहरूको भविष्य नै बबार्द हुन सक्ने भएको हुँदा समयमै यसको निमुर्लिकरण तर्फ अभिभावकहरूको ध्यान जान आवश्यक रहेको बताए ।

पढ्ने बानीमा कमी:
विद्यालयमा अध्यापन गराएको विषय बस्तु बिद्यार्थीहरुले घरमा गएर दोहोर्‍या पढ्नु पर्छ मोबाइल प्रयोगका कारण दोहोर्‍याएर पढ्ने बानीमा कमी भइरहेको पद्म पब्लिक मुक्ती नारायण माध्यामीक विद्यालय डोटीका प्रधानाध्यापक केशव राज ओझाले बताए । विद्यालयमा पढेको कुरा विद्यार्थीले कम्तीमा २४ घण्टा भित्र एक,दुई पटक दोहोर्‍या अध्ययन गर्दा सहजै रूपमा याद हुने हुन्छ कक्षा कोठामा बस्दा त विद्यार्थीहरुको ध्यान विषय बस्तुमा आकर्षण हुन्छ, सोधेको कुराको जवाफ दिन्छन, मोबाइलको प्रयोग पनि गदैनन तर विद्यालयबाट घर गइसकेपछि मोबाइलमा ध्यान जाने गरेको कारण पढाएको कुरा बुझ्न, सम्झनमा समस्या हुन सक्ने बताए । मोबाइलको प्रयोग गर्नु नराम्रो बानी होइन मोबाइलमा धेरै राम्रा कुराहरू,जानकारीहरू,पनि छन् तर मोबाइललाई कुन प्रयोजनमा प्रयोग गर्‍यो त्यो महत्त्वपूर्ण कुरा भएकोले सही सदुपयोग गर्न र गराउन सबैले ध्यान दिनुपर्ने समेत प्रअ ओझाले बताए ।

बाललत छुटाउन सकिन्छ की:
मोबाइल प्रयोगले गर्दा अन्य पुस्तामा भन्दा बालबालिकामा विभिन्न नकारात्मक असर पर्ने गरेको देखिन्छ । नियमीत मोबाइलको प्रयोग अन्य नसा जस्तो छुटाउनै नसक्ने छुटाउँदा बालबालिकामा दीर्घकालीन असर पर्छ भन्ने केही हुदैन् । मोबाइलको लत बसेको बालबालिका र अन्यलाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रूपमा काम गर्ने चिकित्सकहरू बताउँछन् । मोबाइलको लत बसेका बालबालिकाहरूलाई एकै पटक लत घटाउन निकै गाह्रो हुन्छ । यदि कुनै बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् । एक घण्टा, आधा घण्टा गरेर बिस्तारै मोबाइलको लत छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

अभिभावकहरूले मोबाइलको सट्टा बालबालिकालाई खेलौना किन्दिने । चित्रहरू कोर्न, गीत गाउँन, नाच्न लगाउन पनि सकिन्छ । यस्तै अभिभावकले आफ्ना छोराछोरीहरूलाई प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने, सामान्य रूपमा घरबाहिर घुमफिर गर्न लग्ने जस्ता कुराले पनि मोबाइलको लत छुटाउन सकिन्छ । कुरा बुझ्न सक्ने उमेर भएका बालबालिकाको हकमा भने मोबाइल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मूलक कुराहरू देखाउन र भन्न सकिन्छ । यस्तै मोबाइल चलाउँदा भएका समस्याहरू उदाहरण सहित बुझाएर लत हटाउन सकिन्छ । विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा दैनिक रूपमा जानकारी गराउँदा थप सहयोग पुग्छ ।

पछिल्लो समयमा मोबाइलको अत्यधिक प्रयोगले गर्दा बालबालिकामा नकारात्मक असर देखिन थालेपछि बालबालिकालाई मोबाइलबाट कसरी छुटकारा गर्न सकिन्छ भन्ने सवाल चासो र चिन्ताको विषय बनेको छ । अभिभावहरूले आफ्ना छोराछोरीहरूलाई कुन उमेर समूह सम्म मोबाइलको प्रयोग गर्न दिने वा नदिने , मोबाइल प्रयोग गर्दा के के कुराहरू हेर्न र प्रयोग गर्न दिने भन्ने विषयमा समयमै निर्णय गरी कार्यान्वयन गर्न नसके भविष्यमा पछुताउनु भन्दा अन्य कुनै विकल्प हुदैन् ।

प्रतिक्रिया दिनुहोस