नेपालमा बसेका याद सँगालेर बिदा हुँदै छु : राजदुत यान्छी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा बसेका याद सँगालेर बिदा हुँदै छु : राजदुत यान्छी


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् ।

उनले मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा स्ट्याटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् ।

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सद्भावको लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् ।

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस