माधव नेपालले बुझाए स्पष्टीकरण, के छ पत्रमा ?  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपालले बुझाए स्पष्टीकरण, के छ पत्रमा ? 


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् । 

आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन । मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरेको छैन । अतः उक्त पत्रमा भनिएजस्तो अभिव्यक्ति मैले दिएको छैन ।’ 

आयोगले निर्वाचन प्रचारको क्रममा नेपालले आचारसंहिता उल्लङ्घन हुने गरी मतदातालाई फ्री भिसा र फ्री टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण सोधेको थियो । आयोगले रौतहट प्रहरीलाई आवश्यक कारबाहीको प्रक्रिया चलाउन पत्रसमेत लेखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस