एसपी मुकुन्द मरासिनी पुरस्कृत « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एसपी मुकुन्द मरासिनी पुरस्कृत


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत एसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन् ।

महाराजगन्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१औँ (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा एसपी मरासिनी नगद र प्रशंसा पत्रसहित पुरस्कृत भएका हुन् ।

उनलाई गृहमन्त्री बालकृष्ण खाँणले पुरस्कार र प्रशंसा पत्र प्रदान  गरेका हुन् । उनले प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औँ समूहको १८ महिना तालिम संयोजक भएर नेतृत्व गरेका थिए । सोही तालिमको व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनी पुरस्कृत भएका हुन् ।

०७८ साउन १३ गतेदेखि सुरु गरिएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिलासहित कुल १४६ प्रहरी निरीक्षक सहभागी थिए ।

सम्बन्धित समाचार : प्रहरीका १४६ जना इन्स्पेक्टर ‘पास आउट’, इन्स्पेक्टर लिम्बु प्रथम

Tags :
प्रतिक्रिया दिनुहोस