८ सय मिटर महिलामा फूलमती र पुरुषतर्फ सोमबहादुरलाई स्वर्ण « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

८ सय मिटर महिलामा फूलमती र पुरुषतर्फ सोमबहादुरलाई स्वर्ण


२ कार्तिक २०७९, बुधबार


पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ बुधबार बिहान भएको खेलमा एपिएफकी फूलमती रानाले महिला ८ सय मिटरमा स्वर्ण हात पारेकी छन्।

उनले २ मिनेट २७.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्दा दोस्रो स्थानमा रहेकी सरस्वती भट्टराइले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत जितिन्। त्यस्तै आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डको सयम निकाल्दै काश्य हात पारिन्।

यसैगरी, पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले १ मिनेट ५४.०८ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते। रजत जितेका पुलिसका तेजबहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्डको समय निकाले। आर्मीका सुनिल सुनारले १ मिनेट ५५.५२ को समय निकाल्दै काश्य हात पारे।

Tags :
प्रतिक्रिया दिनुहोस