क्यानको ठेक्कामा मिलेमतोको आशङ्का, सार्वजनिक खरिदले भन्यो संशोधन गर्नु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

क्यानको ठेक्कामा मिलेमतोको आशङ्का, सार्वजनिक खरिदले भन्यो संशोधन गर्नु


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आव्हान गरेको बोलपत्रमा मिलेमतोको आशङ्का गर्दै कागजात संशोधन गर्न भनिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाउँदै २४ अगस्त २०२२ मा आव्हान गरिएको टर्मिनल भवन भरतपुर एयरपोर्टको बोलपत्र सम्बन्धी कागजात संशोधन गर्न भनेको हो । 

बिड डकुमेन्टको २.४.२ मा उल्लेख गरिएको प्रावधान सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टाण्डर्ड बिडिङ डकुमेन्ट प्रोक्युपमेन्टको प्रावधान भन्दा फरक देखिएकोले सविचस्तरीय निर्णय गरी सो सच्याउन भनेको हो । 

पछिल्लो समय स्पेशिफिकेसनमा हुँदै आएको सेटिङमा कस्न थालिएसँगै कतिपय सरकारी अधिकारीहरू नै तिरिमिरी भएका छन् । ठेकेदारसँग मिलेर कुम्ल्याउन पल्लेकका केही उच्चपदस्थहरूको कमाई खाने भाँडो नै बुझिन पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस