देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध


३० आश्विन २०७९, आइतबार


पाराग्लाईडिङ्ग

काठमाडौँ । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरूबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोही कारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस