मङ्सिर ४ गतेको चुनावका लागि उम्मेदवारको सूची सार्वजनिक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मङ्सिर ४ गतेको चुनावका लागि उम्मेदवारको सूची सार्वजनिक


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । 

सोमवार उम्मेदवारविरुद्ध परेका उजुरमाथि छानबिन गरी निर्वाचन आयोगले मंगलबार नामावली प्रकाशन गरेको हो । यो उम्मेदवारको अन्तिम नामावली भने होइन । 

यसैबीच टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्तिविरुद्ध बागी उम्मेदवार उठेका छन् । आयोगले भोलि बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । भोलि दिउँसो ४ देखि ५ बजेभित्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको अन्तिम सङ्ख्या टुङ्गो लाग्ने छ ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस