आयकर र भ्याट छलीको आरोपमा ३ जना व्यवसायी विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयकर र भ्याट छलीको आरोपमा ३ जना व्यवसायी विरुद्ध मुद्दा दायर


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा ३ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौँको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरू विरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिवृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ट्रेडर्सका सञ्चालकहरू धिरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिवृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।

मूल्य अभिवृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसंग सत प्रतिशत जरिवाना सहित बिगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस