उपत्यकामा एकैदिन २ हजार ७ सय बढी सवारी चालकमाथि कारवाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा एकैदिन २ हजार ७ सय बढी सवारी चालकमाथि कारवाही


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस