केन्यासँग नेपाल पराजित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्यासँग नेपाल पराजित


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले हार व्यहोरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो ।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए ।

करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन् ।

सन्दीप लामिछाने ४ रनमा अविजित रहदा साहब आलम सुन्य रनमा अविजित रहे ।

केन्याका रकिप पटेलले ३ विकेट लिए । भिराज पटेल, शेम एन्गोचे  र एलिज्ह ओटिनोले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।

यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए ।

आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । 

यस जितसँगै पाँच खेलको टी(ट्वान्टी सिरिजमा केन्याले २-२ को बराबरी गरेको छ ।

अब निर्णायक मानिएको नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस