सत्ता गठबन्धनको बैठक सकियो, के भयो छलफल ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनको बैठक सकियो, के भयो छलफल ?


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्तारूढ गठबन्धनको कार्यदलमा प्रदेश तहमा चुनावी सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।

बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश तहमा गठबन्धन दलहरूबिचको सिट बाँडफाँटमा विषयमा छलफल भएको हो । बैठकमा प्रदेश तहमा दलहरूले आ–आफ्नै दाबी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रदेश तहको सिट बाँडफाँटमा सङ्घमा दाबी गरेका तर सिट दिन नसकिएका दललाई प्राथमिकता दिने गरी मोडालिटीमा समझदारी बनेको उनको भनाइ छ । उनले छिट्टै कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाउने पनि बताए ।

त्यस्तै उनले निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने बताए । 

देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि पनि गठबन्धन बनेको भन्दै उनले साझा अवधारणा बनाएर चुनावमा जाने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस