काँग्रेस क्षेत्रीय सभापति बस्नेतमाथि हातपात « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस क्षेत्रीय सभापति बस्नेतमाथि हातपात


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली काँग्रेस मोरङ क्षेत्र-४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । 

विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् ।

मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन् ।

स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्‍याएर सिफारिस आउनुपर्ने बताएका थिए । सोही विषयमा विवाद बढ्दै जाँदा थापा र बस्नेतबिच हात-हालाहालको अवस्था सृजना भएको घटनास्थलमा काँग्रेसका एक कार्यकर्ताले बताए ।

उनले आफूले क्षेत्र नम्बर ४ को ख बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले नमानेको बताए ।

क्षेत्रीय सभापति बस्नेतले प्रक्रियाको कुरा गर्दा विवाद भएको बताए । समानुपातिक सूचीमा क्षेत्रले सिफारिस गर्नका लागि लागि प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस आउनुपर्ने बताएपछि थापा आवेशमा आएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस