थप २९९ जनामा कोरोना संक्रमण, ५७७ जना कोरोना मुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप २९९ जनामा कोरोना संक्रमण, ५७७ जना कोरोना मुक्त


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र २ हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस