उच्च सुरक्षासहित अर्थमन्त्री शर्मा संसद भवन प्रवेश « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उच्च सुरक्षासहित अर्थमन्त्री शर्मा संसद भवन प्रवेश


२२ असार २०७९, बुधबार


काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन केही बेरअघि बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् ।

उनलाई संसद प्रवेश गर्दा सिटी पुलिसले सुरक्षा दिएको थियो ।

अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ । एमालेनिकट युवासंघले उनलाई संसद भवनबाट जानबाटै रोक्ने योजना बनाएको थियो । त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा दिइएको हो ।

स्रोतका अनुसार अर्थमन्त्रीलाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झन्डा देखाउने तयारी गरेका युवा सङ्घका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन ।

आज प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारीसमेत गरेको छ ।

सम्बन्धित समाचार : एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने

Tags :
प्रतिक्रिया दिनुहोस