पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना सङ्क्रमण


२० असार २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

तीन हजार १० वटा नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज १९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३४८ पुगेको छ ।

एक लाख ४४ हजार ६६६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस