एमालेबाहेक कुनै पार्टीसँग नीति र सोच छैन : अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेबाहेक कुनै पार्टीसँग नीति र सोच छैन : अध्यक्ष ओली


३ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका नीति एमालेले तय गर्ने तर अन्य दलहरूले त्यसलाई तोडमडोर गर्ने गरेको दाबी गरेका छन् ।

स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले एमाले बाहेक अन्य दलहरुसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गरे ।

अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ?, ओलीले प्रश्न गरे ।

विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टिका टिप्पणी गर्ने गरेको उनको आरोप थियो । अध्यक्ष ओलीले भने, वैदेशिक सहायता र लगानीको सन्दर्भमा नीति के हो ? व्यापार नीति के हो ? छैन ।

हाम्रो नीतिमा टिका टिप्पणी गरेका छन् । ह्रस्व लेख्नु पर्नेमा दीर्घ लेख्यो, कमा दिनु पर्ने दिएन, फुलस्टप लगाउनु पर्ने लगाएन अनि यस्तो कुरा बनाउने हो । खासमा उनीसँग नीति पनि छैन । हामीले लिएको नीतिलाई कसरी असफल बनाउन सकिन्छ ?धाँजा कसरी फटाउन सकिन्छ ? त्यसलाई कसरी असफल बनाउने मात्रै नभएर विकृत रुपमा व्याख्या गर्न सकिन्छ त्यसमै लागेका छन् ।

उनले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोडर गरेर विकृत पार्ने गरेको बताए । एमाले बाहेक अन्य कुनै पनि पार्टीसँग नीति छैन । सोच छैन, राष्ट्र निर्माणको सोच के त ? ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस