स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमुखीकरणमा आउन सूचना जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमुखीकरणमा आउन सूचना जारी


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई अभिमूखकिरणका लागि आमन्त्रण गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै देशभरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रममा आउन भनेको हो ।

सङ्घीय मन्त्रालयको आयोजनामा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना हुने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण सम्बन्धित प्रदेशस्थित प्रादेशिक सुशासन केन्द्र मार्फत हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं. १ र सुदूर पश्चिम प्रदेशमा २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशमा २७ र २८ गते, बागमती र लुम्बिनीमा ३० र ३१ गते कार्यक्रम तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस