डोटीको सेतीमा बस खस्यो, १२  जना घाइते, १८ महिने बालक बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोटीको सेतीमा बस खस्यो, १२  जना घाइते, १८ महिने बालक बेपत्ता


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दुर्घटनामा परेको छ । शनिवार बिहान करिब साढे ५ बजे ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१, गरेपानीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला भट्टले प्रशासन डटकमलाई दिएको जानकारी अनुसार घाइते १ जनाको अवस्था गम्भीर छ भने १८ महिने एक बालक बेपत्ता छन् । घाइेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र बेपत्ता वालकको खोजी कार्य जारी रहेको उनले बताए ।  

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । तीव्र गतीक कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको डिएसपी भट्टले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस