प्युठानका जनप्रतिनिधिले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्युठानका जनप्रतिनिधिले लिए शपथ


६ जेष्ठ २०७९, शुक्रबार


प्युठान । प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् ।

शपथ लिए लगत्तै सबै जनप्रतिनिधिहरूले सम्बन्धित पालिका र वडामा गएर पदभार ग्रहण समेत गरेका छन् ।

दुई नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुखरअध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस्तै, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।

स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरूले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत घिमिरेले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

९ स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा नेपाली काँग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटामा नेकपा एमाले र एक वटामा राष्ट्रिय जनमोर्चाले जितेको छ । प्युठानमा जम्मा ३३८ जनप्रतिनिधि चुनिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस