नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रधानमन्त्री मोदी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रधानमन्त्री मोदी


१ जेष्ठ २०७९, आइतबार


लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन् ।

लुम्बिनी भ्रमणको पूर्व सन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।

वक्तव्यमा उनले ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलिखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,’ भनेका छन् ।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्चार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ भोलि विशेष विमानबाट यहाँ आउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस