ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् ।

महर्जनले ९८४ मत प्राप्त गर्दा व्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेले निरन्तर अग्रता बनाएको छ । यहाँ उपमेयरमा काँग्रेसको उम्मेदवार छैन ।

गठबन्धनमा तालमेल गर्दा काँग्रेसले नेकपा माओवादी केन्द्रकी बाबुराजा बज्राचार्यलाई सघाएको थियो ।

तर, मेयरमा चिरिबाबुले अग्रता लिए पनि उपमेयरमा भने बाबुराजालाई ३४० मत मात्रै मिलेको छ । जबकि एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य ५०९ मतसहित अगाडि छिन् । उपमेयरमा राप्रपाकी स्वर्णिमा शाक्यले १८१ मत पाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस