कीर्तिपुर नगरपालिकामा प्रमुखमा काँग्रेसको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कीर्तिपुर नगरपालिकामा प्रमुखमा काँग्रेसको अग्रता


१ जेष्ठ २०७९, आइतबार


कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केशरत्न बज्रजार्यले एक हजार ६०५ प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गरेकी छन् ।

दश वडा रहेको उक्त नगरपालिका–१ मा काँग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गरे ।

वडा नं २ मा काँग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गरे ।

वडा नं ३ मा काँग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गरे ।

अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस