चाँगुनारायणमा काँग्रेस अगाडि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चाँगुनारायणमा काँग्रेस अगाडि


१ जेष्ठ २०७९, आइतबार


भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् ।

उनको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र काँग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरेकी छन् ।

उक्त नगरको वडा नं १ मा काँग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसको प्यानल विजयी भएको छ ।

कार्कीले एक हजार २२५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका थिए ।

काँग्रेसबाट विजयी हुने वडा सदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस