अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् ।

व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् ।

घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती युवक भारी हतियारले सु-सुजित भएको खुलासा भएको छ ।

सुपरमार्केट प्रवेशका समयमा उनले कवज र हेलमेट लगाएका थिए । उनी न्युयोर्कको स्थायी बासिन्दा नभई ६ घण्टाको यात्रा गरी न्युयोर्कको सुपरमार्केटमा प्रवेश गरेको खुलासा भएको छ ।

घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस