ब्यास नगरपालिकामा पुनः मतदान हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ब्यास नगरपालिकामा पुनः मतदान हुने


३१ बैशाख २०७९, शनिबार


तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ मा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले सो वडा अन्तर्गत गा.वि.स. भवन फेदी (क) र (ख) को मतदान केन्द्रमा वैशाख ३० मा भएको मतदान कार्य रद्द गरेको छ ।

अब जेठ ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ती मतदान केन्द्रमा पुनः मतदान हुने तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारको समूहबीच झडप भएको थियो ।

झडपका क्रममा स्वतन्त्र उम्मेदवार दीपक जोशी घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस