भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : रेनुले लिइन् अग्रता


३१ बैशाख २०७९, शनिबार


चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

अहिले भरतपुर महानगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ ।

अहिलेसम्म तीन सय मतगणना भएको छ । जसमध्ये दाहालले ११६ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले दाहाललाई पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनकै चित्रसेन अधिकारीले १४० मत प्राप्त गरेका छन् भने राप्रपाका तर्फबाट उम्मेदवार बनेकी हिमला गुरुङले ८० मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस