धरान उपमहानगरमा काँग्रेसको अग्रता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धरान उपमहानगरमा काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार


सुनसरी । धरान उपमहानगरको प्रारम्भिक मत गणनामा गठबन्धन दल काँग्रेसका मेयर उम्मेदवार किशोर राईले अग्रता लिएका छन् ।

हालसम्म ३ सय मत गणना हुँदा राईले १ सय १६ मत प्राप्त गरेका छन् ।

एमालेकी मेयर उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ले ६१ मत प्राप्त गर्दै उनलाई पच्छ्याइरहेका छन् ।

यसै गरी उपमेयरमा गठबन्धन माओवादी केन्द्रका इन्द्रविक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वोले ६७ मत प्राप्त गरेका छन् ।

धरानका १, २, ३ वडाको मतगणना गर्दा काँग्रेसले अग्रता लिएको हो । धरानको कुल १ लाख ३ सय २४ मत मध्ये ६२ हजार ८ सय ९७ मत मात्र खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस